६ महिनामा ४१ सुत्केरीको उद्दार

स्काई न्यूज/ माघ १६, सुर्खेत । नेपाली सेनाले कर्णालीमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा ४१ जना सुत्केरीको हेलिकप्टरबाट उद्दार गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतले साउन यता कर्णालीका ९ र सुदूरपश्चिमका ६ जिल्लाका ४१ जना सुत्केरी महिलाहरुलाई हेलिकप्टरमार्फत उद्दार गरेको हो ।


सेनाका अनुसार कर्णालीका २६ र सुदूरपश्चिमका १५ जना रहेका छन् । डोल्पाबाट ४, मुगुबाट २, दैलेखबाट ६, हुम्लाबाट २, रुकुमबाट ३ जना रहेका छन् । यस्तै जुम्लाबाट १, कालिकोटबाट ३, जाजरकोटबाट ५ सुत्केरीको उद्दार गरिएको छ । त्यस्तै सुदूरपश्चिमको बैतडीका १, डोटीका २, डडेल्धुराका १, बाजुराका ३ दार्चुलाका ४ र अछामका ४ महिलाको हवाई उद्धार गरिएको छ । सेनाले गत असोजमा परेको अविरल वर्षाका कारण आएको बाढीमा परि घाइते भएका १४ जनाको हेलिबाट उद्दार गरेको छ भने १४ हजार ७ सय ३५ केजी राहत सामाग्री हेलिकप्टरमा मार्फत प्रभावित क्षेत्रमा पु¥याएको बताएको छ ।

गाउँकै स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उनीहरुलाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल कालागाउँमा ल्याएर उपचार गर्ने गरिएको छ । सेनाले कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–६, हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–४, मुगुको सोरु गाउँपालिकाको सोरुकोट, डोल्पाको से–फोक्सुण्डो गाउँपालिका ८ को रिग्मोमा हेलिप्याड निर्माण गरेको बताएको छ । सेनाले कर्णालीका सल्यान र रुकुम पश्चिम बाहेकका ८ जिल्ला र लुम्बिनी प्रदेशका बाँके र बर्दियालाई हेर्दै आएको छ ।

Translate »