दैलेखमा गाडी दुर्घटना हुँदा ७ जना घाईते
स्काई न्यूज / माघ १७, सुर्खेत । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको गाडी दैलेखमा दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको पालतडामा कर्णाली प्रदेश ०२०००१ ख ०१६६ नम्बरको गाडी दुर्घटना हुँदा घाइते भएको दैलेख प्रहरीले जनाएको छ । प्रहरीका अनुसार क्षतिको थप विवरण आउन बाँकी रहेको छ ।
गाडी सडकबाट ८० मिटर तल खसेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले जानकारी दिए । उनका अनुसार गाडीमा चालकसहित १५ जना सवार रहेका थिए । दुर्घटनामा घाइतेहरुको उद्दार कार्य भइरहेको र पालेतडास्थिती शाही मेडेकल हलमा उपचार भइरहेको उनले बताए ।