ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

माघ २०, जाजरकोट । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । जाजरकोटको भेरी नगरपालिका ४, शान्ति चौतारादेखि सोही वडाको बोहरातर्फ जाँदै गरेको ट्याक्टर बोहरा मोडनजिकै दुर्घटना भएको थियो । दुर्घटनामा तीनजना घाइते भएका थिए ।

तीमध्ये एक जनाको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कुशे गाउँपालिका ७, समाइलाका सह–चालक १७ वर्षीय लोकेश जैसी छन् ।

जिल्ला प्रहरी प्रमुख सन्तोष निरौलाका अनुसार ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

Translate »