लागूऔषधसहित २ जना प्रतिवादी पक्राउ

स्काई न्यूज / माघ २१, सुर्खेत । सुर्खेतमा लागूऔषधसहित २ जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्ला घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–७, ईत्राम बस्ने २९ वर्षीय लोकेन्द्र शाही र सोही नगरपालिका–१२ बस्ने ४८ वर्षीय नर बहादुर सिंहलाइ वीरेन्द्रनगर नगरपालिका–७, ईत्रामबाट तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय ,लागूऔषध नियन्त्रण व्युरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएका संयुक्त प्रहरी टोलीले पक्राउ गरेका हुन् । निजको साथबाट कपडाको रुमाल सहित २०० ग्राम र शुद्द १५० ग्राम चरेश जस्तो देखिने कालो पदार्थ सहित नगद २ हजार ८ सय रुपैयाँ फेलापारी बरामद गरी  नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान भैरहेको सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।

Translate »