प्रेस चौतारीको २५ औं स्थापना दिवस

स्काई न्यूज /माघ २२, सुर्खेत । प्रेस चौतारी नेपालले २५ औं स्थापना दिवस विविध कार्यक्रम गरी देशभर मनाइ रहेको छ । दिवसको अवसर पारेर चौतारी सुर्खेत शाखाले आज स्थानीय मंगलगढी चोकदेखि शुरु गरेको प्रभात फेरी बजार परिक्रम गर्दै पिपल चौतारामा पुगेर कोण सभासँगै रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

 

कार्यक्रममा शुभकामना आदान प्रदानसहित अन्य विभिन्न कार्यक्रम राखिएको चौतारी सुर्खेतले जनाएको छ । रक्तदान गर्न धेरै जना ईच्छुक भएपनि ब्लड बैंकले १५ प्रिन्ट भन्दा बढी लिन नसक्ने बताएपछि १५ जना पत्रकारले मात्र रक्तदान गर्नु भएको चौतारी सुर्खेत शाखाका अध्यक्ष गोविन्द खत्रीले जानकारी दिए । उनले स्थापना दिवसकै अवसर पारेर आउँदो वर्षदेखि जिल्लाका एक जना पत्रकारलाई पुरस्कृत गर्न ‘पत्रकारिता पुरस्कार’ कोष स्थापना शुभारम्भ गर्न लागिएको बताए ।

जनताका मुद्दा उठाउँदै व्यवसायिक धर्म निर्वाह गर्न चौतारीका सदस्यहरु प्रतिबद्ध रहेको भन्दै उनले श्रमजीवी पत्रकारका पक्षमा संघर्षसँगै आगामी दिनमा विधि विधानमा टेकेर संस्थाको हितमा समयानूकुल काम गर्दै जानेमा सुर्खेत शाखा दृढ रहेको जिकिर गरे । चौतारीको २५ औं स्थापना दिवसले हामीलाई त्यही कुराको प्रेरणा दिएको उनको भनाइ थियो ।

Translate »