साइकल दुर्घटना हुँदा एक जनाको घटना स्थलमा मृत्यु

स्काई न्यूज / माघ २३, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, गौरीखोलामा साइकल दुर्घटना हुँदा एकजनाको घटना स्थलमा मृत्यु भएको छ । आज सोमबार विहान साइकल सवार दुर्घटनामा परी घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले जानकारी दिए । स्थानीयका अनुसार उनी साइकल सहित पुलबाट खोलामा खसेका हुन् । अहिले प्रहरीले घटना स्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।

Translate »