पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । सोमवार रातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रति लिटर ३/३ रुपैयाँ मूल्य बढाएको छ । हवाई इन्धन आन्तरिक, बाह्य र एलपी ग्यासको मूल्य भने अहिलेका लागि यथावत राखिएको छ ।
भारतीय आइल कर्पोरेशनबाट फेब्रुअरी १ मा मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको हो । निगमका अनुसार अझै पनि आईओसीलाई १६ अर्ब ३० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ ।