जुम्लामा आगलागी: एककाे मृत्यु
माघ २४, जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका वडा नं. १ ठिन्के स्थित एक घरमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु भएको छ । चन्दननाथ –१, निवासी लोक बहादुर भण्डारीको घरमा गएराती ११ बजे आगलागी हुँदा भण्डारीकै छोरी अन्दाजी १४ वर्षीय बन्दना भण्डारीको जलेर मृत्यु भएको प्रहरी निरीक्षक याम बहादुर बुढामगरले जानकारी दिए।
उनका अनुसार तीन तले घर भने जलेर पूर्ण खरानी भएको छ । मृतक बन्दना भण्डारी तेस्रो तलामा भएको र आगो नियन्त्रण बाहिर हुँदा बचाउन सकिएन ।
प्रहरी निरीक्षक बुढामगर भने,‘घरमा रहेका ८ जना रहेछन् । आगलागी हुने बित्तिकै सबै बाहिर निस्किएको र छोरी बन्दना तेस्रो तलामा भएपछि आगो नियन्त्रण बाहिर हुँदा प्रहरीले हरप्रयास गर्दा पनि बचाउन उद्दार गर्न सकिएन । अन्य ७ जना परिवार भन सकुशल छन् । नगरपालिकाको दमकल पुगेपछि करिब ३र४ घण्टापछि आगलागी नियन्त्रणमा आयो ।’
आगलागीको तथ्य कारण नखुलेको प्रहरीको भनाई छ । यद्यपि,सधैँ ग्याँस प्रयोग गर्ने भण्डारी परिवारले गएराति ग्याँस सकिँदा चुलोमा आगो बालेको बुझिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तीन तले घर जलेर पुर्णरुपमा नष्ट भएपनि क्षतिको एकिन विवरण आउन बाँकी छ । मृतक बन्दनाको शवलाई पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।
आगलागी भएको खबर पाउने बित्तिकै दमकल लिएर घटनास्थलमा पुगी आगो नियन्त्रण गरिएको चन्दननाथ नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बत्ताए ।