दैलेखको महाबु गाउँपालिका अध्यक्ष गुरुङको निधन
माघ २७, दैलेख । दैलेखको महाबु गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको निधन भएको छ । दैलेख जिल्ला अस्पतालमा उपचारका क्रममा अध्यक्ष गुरुङको आज (शुक्रबार) बिहान निधन भएको हो । ७९ वर्षीया गुरुङ उच्च रक्त चापको कारण निधन भएको अस्पतालले जनाएको छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा गुरुङ कांग्रेसबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए ।