महाबु गाउँपालिकाका अध्यक्षको निधन

स्काई न्यूज /माघ २७, दैलेख । दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको निधन भएको छ । दैलेख जिल्ला अस्पतालमा उपचारका क्रममा अध्यक्ष गुरुङको शुक्रबार बिहान मृत्यु भएको हो ।

७९ वर्षीया गुरुङ उच्चरक्तचापको कारण मृत्यु भएको अस्पतालको भनाइ छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा गुरुङ नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । ईमानदार छवि बनाएका गुरुङ्ग काङ्ग्रेस महाधिवेशन प्रतिनिधि समेत थिए ।

Translate »