वीरेन्द्रनगरमा बसको ठक्करबाट एक जना महिलाको मृत्यु

माघ २९, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो २ बजेतिर बसपार्कमा अन्दाजी–६२, वर्षकी महिलालाई बा ४ ख ८०६१ नम्बरको बसले ठक्कर दिँदा घाइते भएकी ती महिलाको उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृतकको पहिचान खुलेको छैन । बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

Translate »