जाजरकोटमा भिरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु

माघ २९, जाजरकोट । जाजरकोटमा भिरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ ।

नलगाड नगरपालिका–५, को नलगाड हाइड्रोपावरको पहुँच मार्ग अन्तरगत गेरेनी भिरमा माथिबाट खसेको  ढुङ्गा लागेर पश्चिम रुकुम आठबिसकोट नगरपालिका -११, चौर घर भएका ३२ वर्षीय अशोक खड्काको मृत्यु भएको हो ।

खाराबाट कालीमाटी बाइकमा सवार उनको गेरेनी भिर नजिकै माथिबाट ढुङ्गा खसेको थियो । उनको उपचारका क्रममा स्वास्थ्य चौकी दल्लीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Translate »