जाजरकोटमा भीरबाट लडेर एक जनाको मृत्यु

फागनु ३, जाजरकोट । जाजरकोटमा भीरबाट लडेर पूर्व जनमुक्ति सेनाका कमाण्डरको मृत्यु भएको छ । भेरी नगरपालिका–२, डिँगा निवासी ३९ वर्षीय नरबहादुर थापा (जलन) को घर नजिकैको भीरबाट लडेर ज्यान गएको हो ।

हिडिरहेको अवस्थामा भिरालो वाटोबाट एक्कासी लड्दा थापाको मृत्यु भएको नेपाल कम्युनिष्ट पार्टी माओवादीका जिल्ला इन्जार्च ढकबीर रानाले बताए ।

जाजारकोटमा यो हप्तामात्र तिन जनाको भीरबाट लडेर मृत्यु भएको, दुई जनाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष रोकाले जानकारी दिए । प्रहरीका अनुसार भीरबाट लडेर मृत्यु हुने संख्या दिनदिनै वढ्नुमा मदिरा सेवन, भिरालो बाटो र लापरबाही मुख्या कारण रहेको जनाए ।

Translate »