ग्यास सिलण्डर विस्फोटबाट घाइते भएकी सांसद भण्डारीकी आमाको निधन

फागुन ४, काठमाडौं । ग्यास सिलण्डरबाट घाइते भएकी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

बुधबार राती ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएकी भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तर औपचारिक घोषणा गर्न बाँकी रहेको पारिवारिक स्रोतले जनाएको छ ।

काठमाडौँको बुद्धनगरस्थित घरमा बुधबार बेलुकी ग्यास सिलिण्डर विष्फोट हुँदा आमा छोरा जलेर घाइते भएकी थिईन ।

प्रतिनिधि सभाका सदस्यसमेत रहेका भण्डारी र उनकी ८६ वर्षीया आमालाई सिभिल अस्पताल हुँदै कीर्तिपुर अस्पताल लगेर आइसियुमा उपचार थालिएको थियो ।

घटनामा घाइते भएका सांसद भण्डारीलाई भने थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको छ ।

Translate »