एमालेको ‘मिसनग्रासरुट’ मा समाचार संकलनका लागि प्रेस चौतारीका पत्रकार परिचालन हुने

सुर्खेत । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीको पाँचौ बैठकले आफ्ना सदस्यहरुलाई मिसनग्रासरुट अभियानमा परिचालन गर्ने निर्णय गरेको छ । संगठनका प्रदेश इञ्चार्ज विष्णु शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले नेकपा (एमाले) को दुई महिने मिसनग्रासरुट अभियानमा प्रेस चौतारीको भूमिकाका सम्बन्धमा व्यापक छलफल गरेको थियो । केन्द्रीय प्रतिनिधि खटिएका पालिकाको महत्वपूर्ण कार्यक्रम, सभामा रिर्पोटिङका लागि अनिवार्य चौतारीकर्मीलाई परिचालन गर्न जिल्ला कमिटीलाई निर्देशन दिने निर्णय गरेको हो ।

मिसनग्रासरुटमा प्रेस चौतारीको उपस्थिति रहने गरी पालिकामा खटिने पत्रकारको विवरण प्रदेशलाई दुई दिनभित्र उपलब्ध गराउने सर्कुलर गर्ने, ग्रासरुट अभियानमै प्रत्येक जिल्लाका कम्तीमा दुई पालिकामा चौतारीको पालिका कमिटी गठन गर्ने र निकट भविष्यमा आयोजना गर्ने गरी प्रेस चौतारीको प्रदेश प्रचार भेलाका लागि श्रोत व्यवस्थापनका सम्बन्धमा आवश्यक तयारी गर्ने निर्णय गरेको चौचारीका कर्णाली अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।

बैठकले प्रेस चौतारी नेपालको वीरगञ्जमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट मनोनित केन्द्रीय सदस्य भरत शर्मा (जाजरकोट) र षडानन्द अधिकारी (कालीकोट) लाई अतिथिको रुपमा स्वागत गरेको थियो । बैठकमा केन्द्रीय सदस्यहरु आकाशतारा बयक, त्रिभूवन बिसी, गोविन्ददेव भारती, कोमल शाही, सुर्खेत जिल्ला अध्यक्ष गोविन्द खत्रीलगायतको उपस्थिति रहेको थियो ।

Translate »