सुर्खेत कारागारका १२ कैदीबन्दीलाई आममाफी
स्काई न्यूज फागुन ७, सुर्खेत । सरकारले सुर्खेत कारागारमा कैदीबन्दी जीवन बिताइरहेका १२ जनालाई आममाफी दिएको छ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती कैदीबन्दीलाई आममाफी दिनुभएको हो ।
सुर्खेत कारागार प्रशासनका अनुसार आममाफी पाउने १२ जना पुरुष रहेका छन् । उनीहरू कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, बहुविवाह र सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरु रहेको कारागारका सूचना अधकिारी भुवन गौतमले जानकारी र्दिए । सुर्खेत कारागारमा अहिले ६ आश्रित बालबालिका, ४३ महिला र ३४१ पुरुषसहित कुल ४९० जना रहेका छन् ।