कर्णाली बुद्धिचाल संघको अध्यक्षमा कार्लमार्क्स

स्काई न्यूज /फागुन ९, सुर्खेत । कर्णाली प्रदेश बुद्धिचाल संघको अध्यक्षमा कार्लमार्क्स श्रेष्ठ निर्वाचित भएका छन् । संघको मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न दोस्रो साधारण सभाले कार्लमार्क्सलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । सभाले संघको उपाध्यक्षमा गगनबहादुर शाही, सचिव लक्ष्मण ओलाी, कोषाध्यक्ष अकलबहादुर शाही, सह–सचिव सन्तोष विसी तथा सदस्यमा राजेश खड्का र चाँदनी थापालाई निर्वाचित गरेको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ शुरु भएको दोस्रो सभामा कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, बुद्धिचाल संघ केन्द्रीय महासंघका प्रतिनिधि धिरने बोगटी, महासंघका केन्द्रीय सदस्य महिन्द्रा कठायत, नेपाल एथलेटिक्स केन्द्रीय उपाध्यक्ष जनक रावल, बुद्धिचाल संघ सुर्खेतका अध्यक्ष राजेन्द्र गौतमले नवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्याकालको शुभकामना व्यक्त गरेकाले थिए ।

Translate »