२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

अम्बे स्टीलको उद्योगमा आगलागी हुँदा दुई करोड ६४ लाख बराबरको क्षति



फागुन १२,बाँके । बाँकेको जानकी गाउँपालिका–५ मा रहेको अम्बे स्टील उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान करिब ६:३० बजेतिर उक्त उद्योगमा आगलागी भएको हो ।

प्रहरी, स्थानीयसँगै दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ। उद्योगको तेल स्टक रहने ट्यांकी पट्किएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीका अनुसार करिब दुई करोड ६४ लाख रुपैयाँ बराबरको क्षति भएको छ। यसको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०७९ फागुन १२ गते शुक्रबार
Translate »