अनेरास्ववियु विद्यापुर जनता बहुमुखि क्याम्पसको अध्यक्षमा तेजमाया जैसी
स्काई न्यूज /फागुन १२, सुर्खेत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) विद्यापुर जनता बहुमुखि क्याम्पस सुर्खेतको अध्यक्षमा तेजमाया जैसी चयन भएकी छिन् । अनेरास्ववियुको शुक्रबार विद्यापुरमा भएको भेलाले जैसीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । भेलाले उपाध्यक्षमा राजेश घिमिरे, सचिव होलिका विसी, कोषाध्यक्ष रेवती बुढामगर, सह–सचिव पूर्णिमा बलामी मगर तथा सदस्यहरुमा विमला बुढा, जमुना कुँवर, धर्मा बडुवाल, चन्दा तिमिल्सिना, कृष्णा थापा, समिर थापा, विमला विसी र भाग्यश्री बयकलाई चयन गरेको छ ।
भेलाको अवसरमा नवनिर्वाचित पदाधिकारीहरुलाई क्याम्पस इकाई कमिटी अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य तपेन्द्र विसी, अनेरास्ववियु सुर्खेतका उपाध्यक्ष केशव सावद, अनेरास्ववियु सुर्खेतका कोषाध्यक्ष रिताकुमारी रोकायले हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उनीहरुले आगामी चैत ३ गते हुने स्वबियु निर्वाचनमा अनेरास्ववियुलाई भारी बहुमतले बिजयी गराउन समेत अपिल गरेका छन् ।