रेडक्रसमा आयो सुविधा सम्पन्न एम्बुलेन्स

फागनु १३, सुर्खेत । नेपाल रेडक्रस सोसाईटी सुर्खेत शाखामा नयाँ सुविधा सम्पन्न एम्बुलेन्स आएको छ । नेपाल स्थित रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) को आर्थिक सहयोग एवं नेपाल सरकारको भन्सार छुटमा अक्सिजन, एसी, स्वास्थ्यकर्मी सहितको सुविधा सम्पन्न ‘ख’ श्रेणीको एम्बुलेन्स आएको हो । भन्सार छुटसहित १५ लाख भारतीय रुपैयाँ खरिद गरिएको सुविधा सम्पन्न ‘ख’ श्रेणीको एम्बुलेन्स आजदेखि सञ्चालनमा आएको छ ।

रेडक्रसले सुर्खेतमा लामो समयदेखि एम्बुलेन्स सेवा सञ्चालन गर्दै आईरहेको भएपनि ‘ग’ श्रेणीको थियो । सरकारले नै ‘ख’ श्रेणीको एम्बुलेन्सलाई मात्र मान्यता दिएपछि कर्णाली प्रदेश ०२–००१च०६९१ नम्बरको एम्बुलेन्सको शनिबार विधिवतरुपमा पूजा गरि सञ्चालनमा ल्याईएको रेडक्रस सुर्खेतका सभापति रामलाल आचार्यले जानकारी दिए ।

रेडक्रसलाई ‘ख’ श्रेणीको एम्बुलेन्स प्राप्त भएसँगै अत्यन्त जोखिममा रहेका विरामीलाई स्वास्थ्य सुविधा सहित अस्पतालमा पु¥याउन र मृत्युलाई कम गर्न सघाउ पुग्ने रेडक्रस सुर्खेतका सभापति आचार्यले विश्वास व्यक्त गरे । रेडक्रसको एम्बुलेन्स पूजा कार्यक्रममा शाखाका पदाधिकारीसहित कर्मचारी तथा स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।

Translate »