आगलागीमा परी घाइते भएका जयलाल विकको मृत्यु
स्काई न्यूज / फागुन १४, कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–८ मा आगलागीमा परी घाइते भएका जयलाल विकको मृत्यु भएको छ । खाडाचक्र–२ का ५५ वर्षीय विकको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । आगलागीबाट दुई जना घाइते भएका छन् ।
बुधबार नरहरिनाथ–८ कोट खोलामा काठ काट्न गएको बेला अछामको भानकोट वनमा लागेको डढेलोमा परी उनीहरू घाइते भएका थिए । उनीहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो । घाईते ४७ वर्षीय अदानसिंह विष्टलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । घाइते विष्टको अवस्था गम्भीर भएपछि सेनाको हेलिकप्टरले आइतबार दिउँसो उद्दार गरेको हो । घाइते विष्टलाई काठमाडौं लैजाने नेपाली सेनाले जनाएको छ ।