५० लाख जरिवाना तिर्न नसक्दा १० वर्ष कैद

फागुन १५, गुलरिया । उच्च अदालत नेपालगञ्जको इजलासले बैंकिङ कसुर मुद्दामा जरिवाना सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । पुष २८ गते उच्च अदालतको फैसला आदेशले बर्दियाको बाँसगढी नगरपालिका–९ माछागढका ३६ वर्षीय लालीराम थारुलाई ५० लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो ।

उच्च अदालतको फैसला आदेशले जरिवाना तोकिएका फरार लालीरामलाई घरमै लुकिछिपि बसेको अवस्थामा इलाका प्रहरी कार्यालय मोतिपुरको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले बताए ।

उनलाई आवश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालतमा पेश गरिएको छ ।

Translate »