प्रदेश १ को नामकरणमा विरोध रोक्न विराटनगरमा निषेधाज्ञा

 

फागुन १७, विराटनगर । प्रदेश १ को नाम प्रदेशसभाले टुंगो लगाउने प्रयास गरिरहँदा स्थानीय प्रशासनले भने निषेधाज्ञा जारी गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले नामांकनको विषयलाई लिएर प्रदर्शन हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरेका हुन् । बुधबार दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म प्रदेश राजधानी विराटनगरको देवकोटा चोकदेखि कोसी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवासवरपर निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाका अवधिमा कुनै किसिमका सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता गतिविधिमा रोक लगाइएको छ ।

प्रदेश १ को नामकरणका लागि कांग्रेस र एमालेले कोसी प्रस्ताव गरेका छन् भने नेकपा (एकीकृत समाजवादी) र सत्तारूढ दल जनता समाजवादी पार्टीले संयुक्त रूपमा ‘किरात–लिम्बुवान–सगरमाथा प्रदेश’ प्रस्ताव गरेका छन् ।

Translate »