सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
फागुन २१, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत पाएका छन् ।
आइतबार दिउँसो बसेको प्रदेश सभा बैठकमा शाहले विश्वासको मत लिएका हुन् । मतदानमा ५२ जना सांसद सहभागी भएका थिए । त्यसमध्ये शाहले ४१ मत पाए । उनको विपक्षमा ११ मत पर्यो ।
यसअघि मुख्यमन्त्री बनेका एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसक्दा उनको सरकार एक महिनामै ढलेको थियो ।
रावलको सरकार ढलेपछि प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।