हुम्लामा हेलिकोप्टरबाट नुन ढुवानी
![](https://skynewsnepal.com.np/wp-content/uploads/2020/07/dddddd.jpg)
फागुन २३, हुम्ला । साल्ट टेडिङ कर्पोरेशनद्वारा जिल्लाका लागि ढुवानी अनुदानमा व्यवस्था गरिएको आयोडिनयुक्त नुन हेलिकोप्टरबाट ढुवानी भएको छ । पैदल मार्गबाट ढुवानी गर्न समस्या देखिएपछि सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट नुन हेलिकोप्टरमा ढुवानी भइरहेको हो ।
कर्पोरेशन सिमकोट शाखाका प्रमुख राजबहादुुर लामाले कैलाश एयरको हेलिकोप्टरबाट ढुवानी अनुुदानको नुन ओसार्ने कार्य धमाधम भइरहेको बताए । नुन सुर्खेतबाट पैदल मार्गबाट सलीसल्ला हुँदै दुुल्लीकुनासम्म गाडीमा ढुवानी हुँदै आएको थियो ।
![](https://skynewsnepal.com.np/wp-content/uploads/2023/07/NTC_z163PmqsJl.gif)
उनले चालुु आर्थिक वर्षको दुुई हजार दुुई सय क्विन्टल नुन फागुन महिनामा आएर हेलिकोप्टरबाट ढुवानी सुुरु भएको बताए । कर्पोरेशनले नुन शाखा अन्तर्गतका तीन वटा गाउँपालिकाका लागि व्यवस्था गरेको हो । यसमा खार्पुनाथ गाउँपालिकाका पाँच वटा वडामै हेलिकोप्टरबाटै ढुवानी गरिएको छ ।
प्रत्येक वडामा १५० क्वीन्टल नुन हेलिकोप्टरबाट झारिएको छ । यसअघि सिमकोटस्थित शाखाको गोदामबाट नुन खरिद गर्नुपर्ने बाध्यताबाट खार्पुनाथका स्थानीय छुटकारा पाएका छन् । उक्त गाउँपालिकाका लागि साढे सात सय क्विन्टल नुन ओसार्ने कार्य भएको छ भने सिमकोटस्थित शाखाका लागि हेलिकोप्टरले ढुवानी गरी रहेको उनले बताए ।
हेलिकोप्टरले दैनिक २० भन्दा बढी उडान भरेर नुन ढुवानी गर्ने कार्य गरिरहेको छ । बढी परिमाणमा ढुवानी गर्नका लागि हेलिकोप्टरमा झुण्ड्याएर ओसार्ने कार्य गर्दै आएको छ । हेलिकोप्टरभित्र राख्नभन्दा झुण्ड्याएर ल्याउँदा ५० केजी बढी ढुवानी हुने गरेको छ । हुम्ला जिल्लामा आयोडिनयुक्त नुनको प्रतिकेजी नौ रुपैयाँमा बिक्री हुने गरेको छ । गोरखापत्र