उपराष्ट्रपति चयनका लागि भोलि मनोनयन दर्ता

फागुन २६, काठमाडौँ । राष्ट्रपतिको चुनाव सकिए लगत्तै उपराष्ट्रपति चयनका लागि भोलि ९शनिबार० मनोनयन दर्ताको कार्यक्रम तय भएको छ ।
पर्सी आइतवार अन्तिम नामावली प्रकाशन गर्ने र आउँदो चैत ३ गते मतदान गर्ने कार्यतालिका छ । चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

संविधानमा उपराष्ट्रपतिको कार्यकाल पनि राष्ट्रपतिको सरह हुने व्यवस्था छ ।

संविधानको धारा ६३ को उपधारा १ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ । यसअनुसार उपराष्ट्रपति नन्दबहादुर पुनको पाँच वर्षको कार्यकाल आउँदो चैत ३ मा सकिँदैछ ।

Translate »