सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढ्यो
![](https://skynewsnepal.com.np/wp-content/uploads/2020/07/dddddd.jpg)
फागुन २६, काठमाडौं । साताको अन्तिम दिन स्थानीय बजारमा सुनको मूल्य ८०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन अर्थात बिहीवार सुन प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
![](https://skynewsnepal.com.np/wp-content/uploads/2023/07/NTC_z163PmqsJl.gif)
आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदी १ हजार २२० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११:०५ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८२९ दशमलव ५८ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (बिहीवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८३१ दशमलव ३७ डलरमा बन्द भएको थियो ।
त्यसैगरी, आज डलरको मूल्य पनि घटेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १३१ रूपैयाँ ४७ पैसा कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको विक्रीदर १३१ रूपैयाँ ६० पैसा थियो ।