आजबाट राष्ट्रपति भण्डारीको कार्यकाल सकिँदै

निजी निवासमा सर्ने

फागुन २८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै छ । उनको दोस्रो चरणको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो ।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिईन् । त्यसपछि दोस्रो कार्यकालका लागि उनी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ ।

नयाँ राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह सोमबार (फागुन २९) गते हुँदैछ । पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ खुवाउने छन् ।

Translate »