राष्ट्रपति पौडेलको शपथ भोलि दिउँसो १ बजे

फागुन २८, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह भोलि हुने भएको छ ।

नेपालको तेस्रो राष्ट्रपतिमा फागुन २५ गते निर्वाचित भएका राष्ट्रपति पौडेललाई भोलि दिउसो १ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा कायममुकायम प्रधानन्यायाधिश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेबी भण्डारीको कार्यकाल भने आज राती १२ बजेदेखि सकिदै छ ।

Translate »