जुम्लामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

फागुन २८, जुम्ला । जुम्लामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
प्रहरीले श्रीमान् आइतेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । मृतक ममताको शव पोष्टमर्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले बताए । कुटपिटबाट ममता बेहोस भएकी थिइन् । यो कुरा आइतेले प्रहरीसँग प्रारम्भिक बयानमा बताएका छन् । बेहोस भएकी ममतालाई समयमै उपचार नगराउँदा उनको मृत्यु भएको हो । कुटपिट कहिले भएको हो भन्ने खुलेको छैन । ‘कुटपिटको घटना केही दिनअघिको जस्तो देखिन्छ, हामीलाई खबर आएको शनिबार हो,’ प्रहरी निरीक्षक बुढा मगरले भने ।

Translate »