मध्यपश्चिम विश्वविद्यालय स्ववियुको निर्वाचन स्थगित

स्काई न्यूज/ चैत १, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्म चैत ३ गते तोकिएको स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको हो ।

‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) मा अध्ययनरत ३ जना विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालय लगायत पाँचवटा कार्यालका विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए ।

चैत्र ८ गते दुबै पक्षलाई ऊच्च अदालत सुर्खेतमा ऊपस्थित हुनु आदेश जारि गरेको गरेको सुर्खेतका सुचना अधिकारी सरोजनीधि वाग्लेले जारी जानकारी दिए ।

Translate »