५८ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस : अन्तरजातीय विवाह गर्ने जोडीहरू सम्मानित
चैत ७, स्याङ्जा । ५८ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा स्याङ्जामा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको छ । अन्तरजातीय विवाह गरेकै कारण समाजबाट निष्कासन गरिएका घटनाहरू बाहिर आइरहेका बेला स्याङ्जामा अन्तरजातीय विवाह गर्ने जोडिलाई प्रोत्साहन गर्न सम्मान गरिएको हो ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज स्याङ्जाले दिवसका अवसरमा जिल्लाका ७७ अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरेको हो ।
कार्यक्रममा एमाले केन्द्रीय सचिव पद्या अर्यालले कानुनी रुपमा अपराध भए पनि अझै समाजमा जातीय विभेद कायमै रहेको बताउँदै कानुनी व्यवस्थालाई कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिए ।