संघदेखि प्रदेशसम्मका सरकारको नेतृत्व आलोपालो हुन्छ : प्रधानमन्त्री दाहाल


गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिले अब लय पक्रिएको बताएका छन् । गोरखाको पन्थडिही-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति कार्यको शिलान्यास गर्दै उनले अब पुरानै गठबन्धन कायम भएकोले राजनीतिक स्थिरता र स्थायित्व कायम हुने दावी गरे ।

सदनमा भएका झण्डै ११ वटा दलको विश्वासको मतसहित अब हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छौं,’ उनले भने, ‘नेपाली काँग्रेस र अन्य पार्टीसँग सरकार विस्तारको विषयमा गम्भीर संवाद छलफल सुरु भएको छ ।’
प्रधानमन्त्री प्रचण्डले संघदेखि प्रदेश सरकार पुनर्गठन हुने र सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा गठबन्धन दलहरुसँग छलफल सुरु भएको पनि जानकारी दिए । उनले सडक विकासको पहिलो आधारशिला भएकोले देशभरका रणनैतिक सडकहरु प्राथमिकताका साथ स्तरोन्नति गर्ने सरकारको योजना रहेको जनाए । एनटीभी ।

