सुर्खेतमा एनटीभी प्रदेश व्यूरो कार्यालय भवन मर्मत शुरु
![](https://skynewsnepal.com.np/wp-content/uploads/2020/07/dddddd.jpg)
स्काई न्यूज /चैत ८, सुर्खेत । नेपाल टेलिभिजनको कर्णाली व्यूरो कार्यालयको भवन मर्मत तथा निर्माण कार्य शुरु भएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेत परिसर भित्र भवन मर्मत तथा निर्माण कार्य बुधबारदेखि शुरु गरिएको हो । नेपाल टेलिभिजनले रेडियो नेपालको पुरानो भवनलाई मर्मत सम्भार गरि आफ्नो व्यूरो कार्यालय स्थापना गर्न लागेको छ ।
![](https://skynewsnepal.com.np/wp-content/uploads/2023/07/NTC_z163PmqsJl.gif)
कर्णाली प्रदेश सरकार पूर्वाधार विकास निर्देशनालयका ईन्जिनियर हरिहर दशौदीले भवन मर्मत सम्भार अबको दश दिन भित्र सम्पन्न हुने जानकारी दिए । उनले प्रदेश सरकारबाट पहिलो चरणमा भवन मर्मत सम्भारका लागि दश लाख रुपैयाँ स्वीकृत भएको बताए । दिगो स्थायी संरचना निर्माणका लाग थप रकमको समेत सम्बन्धित निकायबाट आवश्यक पहल भईरहेको उनको भनाइ छ । नेपाल टेलिभिजनको कर्णाली व्यूरो कार्यालय स्थापनापछि कर्णाली प्रदेशका विभिन्न विषयवस्तुको उठानसँगै समाचार संकलन, कार्यक्रम उत्पादन तथा प्रसारणलगायतमा सहजता पुग्ने विश्वास राखिएको छ ।