नेपाल प्रहरीको महानिरीक्षकमा कुँवर

चैत १०, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को आज (शुक्रवार)को बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) पदमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी)वसन्तबहादुर कुँवरलाई पदोन्नति गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले कुँवरलाई आइजिपीमा बढुवा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिएका छन् ।

यही चैत ६ गतेको निर्णयले उनी एआइजीमा बढुवा भएका थिए । सरकारले उनलाई एआइजीको फूली लगाएको दुई दिनमै आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रहरी महानिरीक्षकका लागि कुँवरसहित एआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा थिए । कुँवर अङ्क तालिकामा १ नम्बरमा थिए । यसपटक भने महानिरीक्षकको नियुक्ति निर्विवाद रूपमा भएको छ ।

हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आजै राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर हदका कारण अनिवार्य अवकासमा जाँदै छन् ।

काम गर्न सक्ने सक्षम, कमाण्ड गर्न सक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले जो कोहीलाई पनि आइजीपी बनाउन सक्ने कानूनी आधार छन् । अब कुँवरको कार्यकाल आगामी २०८१ चैतसम्मका लागि हुनेछ । रासस

Translate »