संरक्षित वन्यजन्तु सालकसहित ६ जना पक्राउ

बाँके । बाँकेको नेपालगञ्जबाट संरक्षित वन्यजन्तु सालकसहित ६ जना पक्राउ परेका छन । कोहलपुर प्रहरीले शनिबार नेपालगञ्ज उपमहानगरपालिका–२०, मिलननगरस्थित होटल अतिथिअगाडिबाट ३ फिट १० ईन्च लम्बाइको सालक, बा १२ च ७२५९ नम्बरको स्कार्पियो गाडी र भे ७ प ४३५१ नम्बरको पल्सर मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कैलालीको जोशिपुर गाउँपालिका–४, का ३४ वर्षिय नरेन्द्रकुमार चौधरी, वडा नम्बर–३, का २३ वर्षिय प्रेम चौधरी, वडा नम्बर–१, का ३४ वर्षिय जिवनदान चौधरी, बर्दियाको राजापुर नगरपालिका वडा नम्बर–६, का बिजयकुमार चन्द, सोही ठेगानाका २५ वर्षिय विवेक थारु र वडा नम्बर–५, का ४८ वर्षिय टेकराज थारु रहेका छन ।

पक्राउ परेका व्यक्ति, बरामद गरिएको सालक, गाडी र मोटरसाइकलसहित आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालयलाई बुझाएको प्रहरीले बताएको छ । यता डिभिजन वन कार्यालय बाँकेका सहायक डिभिजनल वन अधिकृत रमेश बुढाथोकीले आरोपितलाई वन कार्यालयको थुनुवा कक्षमा राखिएको र आवश्यक कार्वाहीका लागि आइतबार जिल्ला अदालत बाँकेमा प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

Translate »