पेसागत महासंघ सिम्तामा चन्द र चिङ्गाडमा रोकाय अध्यक्षमा निर्वाचित

सुर्खेत । पेसागत महासंघ नेपाल सिम्ता गाउँ कार्य समितिको अधयक्षमा ढालबहादुर चन्द्र निर्वाचित भएका छन् । शनिबार सिम्तामा सम्पन्न भेलाले चन्दको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा खेमराज गिरी, महिला उपाध्यक्ष पुनम विसी, सचिव बिन्दबहादुर अधिकारी, सह–सचिव सन्तोषकुमार राना, कोषाध्यक्ष सुन्दर मल्ल तथा सदस्यहरुमा लालबहादुर बिक, कांशिराम शर्मा, चन्द्रा थापा खड्का, सुशीला कार्की, झरना घर्ती थापालगायत रहेका छन् । यसअघि पेशागत महासंघ नेपालको चिङ्गाड गाउँपालिकामा लोकबहादुर रोकायको अध्यक्षातामा २१ सदस्यीय कार्य समिति गठन भएको छ ।