चार डिआइजी एआईजीमा बढुवाका लागि सिफारिस


काठमाडौं । नेपाल प्रहरीका जनपद समूहतर्फका चार प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआइजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका लागि सिफारिस गरेको हो ।
चार डिआइजीलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य–सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।

