कर्णालीमा चैत १६ गते राम नवमीको अवसरमा सार्वजनिक विदा


स्काई न्यूज / चैत १४, सुर्खेत । कर्णाली प्रदेश सरकारले राम नवमीको अवसरमा चैत १६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत २९ गतेको निर्णयानुसार सार्वजनिक बिदा दिइएको जनाएको छ।
प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयले जनाएको छ ।


