कर्णालीका मुख्यमन्त्री शर्मालाई दोस्रो पटक विश्वासको मत प्राप्त
स्काई न्यूज / चैत १७, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । माघ ६ गते पहिलो पटक विश्वासको मत लिँदा ४० मध्ये २५ सांसदको मत लिन सफल भएका मुख्यमन्त्री शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदा प्रदेशसभाको ९५ प्रतिशत मत अर्थात् ३८ मत प्राप्त गर्न सफल भएका हुन् ।
उनलाई सदनमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् भने उनको विपक्षमा राप्रपाका सांसद सन्तोषी शाहीले मात्रै मत दिइनन् ।
४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेशसभामा आज कुल ३९ जनाको सहभागिता रहेको थियो ।
मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्र परेको सभामुख नन्दा गुरुङले जानकारी दिए ।
अब प्रदेशसभाको अर्को बैठक चैत १९ गते बस्ने भएको छ ।