रुखबाट लडेर एक जनाको मृत्यु

चैत २०, जाजरकोट । जाजरकोटमा रुखबाट लडेर एक जनाको  मृत्यु भएको छ । नलगाड नगरपालिका–४ प्याराधार निवासी ४० वर्षीय दीपक सार्कीको आइतबार दिउँसो रुखबाट लडेर मृत्यु भएको हो ।

नलगाड–४,को लम्ली जंगलमा बाख्रा गोठालो गएका सार्की भैँसीलाई घाँस काट्ने क्रममा बाँझको रुखबाट लडेर मृत्यु भएको नलगाड नगरपालिका– ४, का वडा अध्यक्ष बद्री बहादुर पन्तले बताए ।

Translate »