सुर्खेतमा ८ जना जुवाडे खालबाटै पक्राउ

स्काई न्यूज /चैत २३, सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा जुवा खालबाटै आठ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले बुधबार जुवा खालबाटै नगद ४० हजार ७५ रुपैयाँ र मोबाइल ७ थानसहित ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको हो ।

वीरेन्द्रनगर नगरपालिका–९, बस्ने ४२ वर्षीय दावा गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका (सूचना अधिकारी) प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मण शाहीले बताए ।
उनले विहीबार जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरि उनीहरुलाई जुवा ऐन २०२० अनुसार कार्वाही प्रक्रिया अगाडि बढाईएको जानकारी दिए ।