२०८३ कात्तिक २३ , आइतबार
Sky News Nepal
November 9, 2026

एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता



चैत २७, सुर्खेत । नेकपा(एमाले)ले कर्णाली प्रदेश सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आइतबार आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पर्छाइले संयुक्त रूपमा राजीनामा बुझाएका थिए ।

आज नेकपा (एमाले)कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश सरकारबाट आफ्नो दलले समर्थन फिर्ता लिएको प्रदेश प्रमुखलाई जानकारी गराएका थिए।

गत पुस २७ गते एमालेले नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा दलका नेता शर्मालाई मुख्यमन्त्री नियुक्तिका लागि समर्थन दिएको थियो ।

एमालेको समर्थनमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिएका थिए । सरकारबाट एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको छ ।

प्रकाशित मिति : २०७९ चैत २७ गते सोमबार
Translate »