गरिवी विरुद्ध एकजुट हुन कर्णालीका मुख्यमन्त्री शर्माको आव्हान

स्काई न्यूज /बैशाख १, सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विकासमा पछि पारिएको कर्णालीको समग्र क्षेत्रलाई माथि उठाएर समृद्व प्रदेश निर्माणमा हातेमाले गर्न आव्हान गरेका छन् । नयाँ वर्ष २०८० को उपलक्ष्यमा प्रदेश तथा देशबासीलाई शुभकामना दिँदै आज मुख्यन्त्री शर्माले कर्णालीका नागरिकको मुख्य शत्रु ‘गरिवी’ भएकाले त्यसका विरुद्ध चलाईएका महाअभियानमा एकताबद्व भएर जुट्न अपिल गरेका हुन् । उनले कर्णालीको आर्थिक सम्पन्नता, सामाजिक न्याय तथा समृद्व कर्णाली निर्माणका लागि प्रदेशबासीसँग विकास निर्माणका लागि एकजुट हुन आवश्यक रहेको औल्याए ।

सात दशक लामो संघर्ष, त्याग, तपस्या र बलिदानबाट प्राप्त गरेको उपलब्धीको रक्षा, आर्थिक सम्पन्नताका साथ समृद्व नेपाल निर्माण गर्दै उनले समाजवादको बाटोमा अघि बढ्न सबै खाले पूर्वाग्रह र दुर्भावना त्याग्दै सकारात्मक सोचका साथ अगाडी बढ्न आग्रह गरे । नयाँ वर्षले सकारात्मक र नकारात्मक शिक्षाहरु प्रतिक्रियाको राजनीति नभएर श्रृजनशील प्रतिस्पर्धा, विकेन्द्रित होइन केन्द्रित, नीति निर्माणमा बहस् कार्यान्वयनमा एकरुपता, पद र प्रतिष्ठा तिर होइन देश र जनतातिर फर्केर नेपाली माटोलाई माया तथा राष्ट्रको समृद्विका लागि विपत्तिहरुको सामना गर्नका लागि तयार हुनु पर्नेमा जोड दिए ।

मुख्यमन्त्री शर्माले विगतका दशकहरु संघर्षका र राजनीतिक व्यवस्था परिवर्तनका दिनहरु रहे पनि आजदेखि जनता र राष्ट्रको अवस्था परिवर्तन गर्दै सुदृढ सशक्त स्वाधिन र आत्मनिर्भर राष्ट्रको रुपमा बचाइराख्ने र बनाउने जिम्मेवारी प्रत्येक नेपालीको काँधमा आएको जिकिर गरे । उनले राष्ट्रिय एकताको रुपमा गणतन्त्र संघीयता, समानुपातिक, समावेशी, धर्मनिरपेक्षता लगायत दर्जनौं मौलिक हक अधिकारको कार्यान्वयनको छैटौं वर्ष प्रवेशसँगै सत्तरीको दशक हामी माझबाट बिदा भई आज देखि शुरु भएको नयाँ वर्ष दुई हजार असी अर्थात असीको दशकले समृद्व नेपाल निर्माण गर्ने अग्रीम भूमिका निर्वाह गर्न सफल हुनेमा आफु विश्वस्त रहेको बताए । आर्थिक सम्पन्नता र सामाजिक न्यायका साथ समृद्व कर्णाली निर्माणका लागि मलाई कर्णालीवासी आम जनसमुदायले दिएको जिम्मेवारीबाट विचलित नभई समर्पण भावका साथ लागि पर्ने उनको भनाइ छ ।

Translate »