भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा एकीकृत समाजवादीकी नन्दा चपाईले सपथ लिइन

काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नन्दा चपाईले शपथ लिएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री चपाईलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

एकीकृत समाजवादीको राष्ट्रियसभा सदस्य नन्दा चपाईलाई प्रधानमन्त्री पुष्पकमल दाहालले आजै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त गरेका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

Translate »