आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
![](https://skynewsnepal.com.np/wp-content/uploads/2020/07/dddddd.jpg)
![](https://skynewsnepal.com.np/wp-content/uploads/2023/07/NTC_z163PmqsJl.gif)
बैशाख ६, काठमाडौं । आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ। ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो। आफ्ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अभिभावकसँग अनुरोध गरेको छ।
सरकारले हरेक वर्ष बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ। कोरोन संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले भौतिक दुरी काम गरी,अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेको छ।