कर्णालीका नवनियुक्त चार मन्त्रीद्वारा शपथ

सुर्खेत । कर्णालीका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले आज प्रदेश प्रमुख कार्यालयमा एक विशेष कार्यक्रमका वीच शपथ खुवाएका हुन् ।

शपथ लिनेमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी नेकपा माओवादी केन्द्रबाट जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्मा रहेका छन् ।

मन्त्री विश्वकर्मा यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री हुनुहुनथ्यो । मुख्यमन्त्री राजकुमार शर्माले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेका थिए ।

Translate »