चाडपर्वहरुले सामाजिक तथा साँस्कृतिक ऐक्यबद्धता कायम गराउँछ : मुख्यमन्त्री शर्मा


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नेपालका विभिन्न चाडपर्वहरुले सामाजिक तथा साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता तथा सद्भावलाई संरक्षण गरि समतामूलक समाज निर्माणमा योगदान पु¥याई रहेको बताएका छन् ।

इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र) को अवसरमा आज शुभकामना दिँदै उनले विश्वासका साथ दान दिने, गरीब दीनदुखीलाई सेवा गर्ने र जकात निकालेर मनाईने इद पर्बले समाजमा रिस, राग, द्वेष एवं क्लेष मेटाई आपसी एकता, सद्भाव र खुशियाली बाँडने अपेक्षा व्यक्त गरे ।
नेपाल जस्तो बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक बिशेषता भएको देशमा आ–आफ्ना मौलिक संस्कृति, परम्पराको संरक्षण र संबर्द्धन गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशिल समाज स्थापनामा सहयोग पुग्ने उनको विश्वास छ ।

