गण्डकी प्रदेश सरकार ढल्यो , अधिकारीको पक्षमा मात्रै २४ मत

काठमाडौं । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन नसकेपछि गण्डकी प्रदेश सरकार ढलेको छ । सत्ता साझेदार नेकपा माओवादीले कांग्रेससँग सहकार्य गरेपछि अधिकारीको सरकार अल्पमतमा परिसकेको थियो ।

संसदमा उपस्थित संख्या ५९ जना रहेकोमा अधिकारीको पक्षमा ३४ मत परेको छ भने विपक्षमा ३५ मत परेको हो ।

६० सिट रहेको प्रदेश सभामा नेपाली कांग्रेस २७ सांसद सहित पहिलो दल बनेको छ । २२ सिटसहित एमाले दोस्रो र ७ सिट रहेको माओवादी तेस्रो दल हुन् ।

अहिले गण्डकी प्रदेशको प्रदेश सभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ । कांग्रेस र माओवादी मिल्दा सहज बहुमतको सरकार बन्ने देखिन्छ ।

नयाँ बनेको माओवादी(काँग्रेस समिकरण अनुसारनै मुख्यमन्त्री छनौट भए नेपाली कांग्रेसबाट सुरेन्द्रराज पाण्डे संसदीय दलको नेता भएकाले अबको मुख्यमन्त्री पाण्डे हुनेछन् । आर्थिक अभियान

 

Translate »