उत्तरगंगामा निःशुल्क आँखा शिविर

स्काई न्यूज /बैशाख १०, सुर्खेत । नेपाल रेडक्रस सोसाइटी उत्तरगंगा उपशाखाको आयोजनामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । वीरेन्द्रनगर–२, स्थितसरस्वती माविमा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा १ सय ८२ जनाले प्रत्यक्ष लाभ लिएका छन् । शिविरमा आँखा जाँच गराउने मध्ये २२ जनालाई मोतिविन्दु भएको पाएपछि उनीहरुको निःशुल्क शल्यक्रियाका लागि उपशाखा उत्तरगंगाले सुर्खेत आँखामा व्यवस्था मिलाईएको सभापति बसन्तकुमार रेग्मीले जानकारी दिए ।

उनले निःशुल्क मोतियाविन्दु छनौट आँखा शिविर सुर्खेत आँखा अस्पताल र तेज कोहली ÷ रुइत फाउण्डेसनको आर्थिक एवं प्राविधिक सहयोगमा गरिएको बताए । आँखा शिविर सफलतापूर्वक सम्पन्न गराउन विद्यालयका प्रधान अध्यापक सरिता शर्मा, नेरेसो उपशाखा उत्तरगंगाका कोषाध्यक्ष भ्वानीप्रसाद घिमिरे, सदस्य जीवमाया तिवारी र स्काउट ट्रुप्सको सक्रिय सहभागिता रहेको थियो ।